भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौ- केहि बेर अघि मात्रै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब बिहान २ बजेर ३६ मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो। शनिबार बिहान २:३६ बजेतिर भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका केहि जिल्लाहरुमा समेत महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

वि.सं. २०७२ को महाभूकम्पपछि साना-ठूला पराकम्पहरु जानेक्रम जारी छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका करिब  ५६० भन्दा धेरै परकम्प गइसकेको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले गरेको छ । महाभूकम्प गएका क्षेत्रहरुमा दशौँ वर्षसम्म यस्ता साना-ठुला परकम्पन आइरहने विज्ञले जनाएका छन् । विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा छ वर्षअघिको महाभूकम्पपछि यस्ता परकम्पनहरु आइरहेका हुन्।

शनिबार बिहान करिब २:३६ बजे भूकम्पको धक्का महशुस भएको हो । उक्त भूकम्पको बारेमा अझै विस्तृत विवरण आउन बाँकी रहेको छ। २०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता बेलाबेला नेपालमा सानाठूला भुकम्पका धक्काहरु महसुस हुने गरेका छन् । यसरी रात्री समयमा भुकम्पको धक्का महशुस हुँदा उपत्यका बासी निकै त्रसित बनेका छन ।

सम्बन्धित शिर्षकहरु