काठमाडौ- स्थानीय तह निर्वाचनमा देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ । निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो । ‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ । निर्वाचनका निम्ति देशभर आवश्यक कर्मचारी र सुरक्षा संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
सम्बन्धित शिर्षकहरु
गोंगबु हत्याकाण्ड : समाजमा हुने ‘नक्कली मायाजाल’बाट सचेत हुनुपर्छ भन्ने सन्देश
काठमाडौं । काठमाडौंको गोंगबु हत्या काण्डमा कल्पना मुडवरी पौडेलबाहेक अन्य व्यक्तिको पनि संलग्नता भएको […]
Artistes edge out political leaders’ team 3-0 in today’s football match
June 6. Kathmandu, The artistes' team has edged out the political leaders' team by 3-0 in the friendly […]
माओवादी मन्त्रीहरुलाई ‘प्रचण्ड’को निर्देशन सरकारको निर्णयलाई सहयोग गर्नुहोस्
काठमाडौं । सचिव सरुवालाई लिएर असंन्तुष्टि व्यक्त गरेका माओवादी मन्त्रीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल […]
मृतकका नौ परिवारलाई अस्ट्रेलियाबाट सहयोग
झापा, २३ कात्तिक । झापाली समाज अस्ट्रेलियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको […]
थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या […]
निगमले फेरि बढायो इन्धनको भाउ, पेट्रोलको मूल्य इतिहासकै उच्च, प्रतिलिटर कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । दुई साता अघि भाउ बढाएको […]


