माओवादी मन्त्रीहरुलाई ‘प्रचण्ड’को निर्देशन सरकारको निर्णयलाई सहयोग गर्नुहोस्

काठमाडौं । सचिव सरुवालाई लिएर असंन्तुष्टि व्यक्त गरेका माओवादी मन्त्रीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी निर्णय गर्दै सचिव सरुवा गरेको भन्दै माओवादी मन्त्रीले प्रचण्डसँग गुनासो गरेका छन् ।

सचिव सरुवा प्रधानमन्त्रीको अधिकार भए पनि सरकारमा सहभागी माओवादीसँग कुनै सल्लाह नगरी प्रधानमन्त्री ओलीले एकलौटी ढंगले अघि बढेको माओवादी मन्त्रीहरुको गुनासो छ। ललितपुरको खुमलटारस्थित माओवादी अध्यक्ष निवासमा सोमबार बसेको मन्त्रीहरुको संयुक्त बैठकमा सरकार सञ्चालनको विषयमा समेत छलफल भएको थियो।

छलफलमा पार्टी अध्यक्ष प्रचण्डले सचिव सरुवाका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै सो विषयमा असन्तुष्टि नजनाउन मन्त्रीहरुलाई आग्रह गरेका थिए । उनले मन्त्रीहरुलाई आफनो जिम्मेवारी निर्वाह गर्दै सरकारले सहयोग गर्न आग्रह गरे ।
उनले पार्टी एकता प्रक्रियाको बारेमा जानकारी गराँउदै पार्टी एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढि रहेको हुदाँ अन्य विषयमा नअल्झीन सुझाव दिए ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले ३० जना सचिवहरुको सरुवा गरेका गरेका थिए। बैठकमा पार्टीबाट सरकारको नेतृत्व गरिरहेका रामबहादुर थापा बादललाई सरकार सञ्चालनमा स्थापित गर्दै हरेक निर्णयमा सामूहिक रुपमा एकताबद्ध भएर प्रस्तुत हुने भनिएको छ ।

सम्बन्धित शिर्षकहरु