काठमाडौ- स्थानीय तह निर्वाचनमा देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ । निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो । ‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ । निर्वाचनका निम्ति देशभर आवश्यक कर्मचारी र सुरक्षा संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
सम्बन्धित शिर्षकहरु
सुनिता डंगोलको चुनावी घोषणापत्र-‘काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवाससम्म’
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले […]
यसरी भयो प्रचण्डसँग विवाह
मंसिर १० । काठमाडौं,०२५ साल अन्त्यतिरको कुरा हो । म १५ वर्षकी थिएँ । चितवनको शिवनगरमा हाम्रो घर थियो । म […]
महत्वपूर्ण र सफल जीवन जिउनका लागि महात्मा गान्धीका महत्वपूर्ण भनाइ
काठमाडौं । मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को जन्म २ अक्टोबर १८६९ तथा मृत्यु ३० जनवरी १९४८मा भएको हो […]
पाँच दिनपछि पाँच सयले बढ्यो सुनको भाउ
काठमाडौं । पाँच दनिपछि सुनको भाउ तोलामा पाँच सय रुपैंयाले बढेको छ । गत शुक्रबारदेखि ५७ हजार ९ सय रुपैंया […]
बालुवाटार जग्गा घोटालाका सूत्रधार विदेश भागे, विदेशबाटै शक्तिकेन्द्रसँग संवाद
काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन […]
यसरी भयो रामजीको हत्या (भिडियो सहित्)
पोखरा, नेपाली काँग्रेस लेखनाथका नेता रामजी पौडेल (बादल) को हत्या भएको छ । पार्टीको १३ औँ माहाधिवेशन नजिकिदै […]


