मृतकका नौ परिवारलाई अस्ट्रेलियाबाट सहयोग

झापा, २३ कात्तिक । झापाली समाज अस्ट्रेलियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ ।

समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमबार बेलुका नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गरे ।

पोखरेलले समाजको अगुवाइमा अस्ट्रेलियामा सङ्कलित रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको बताए ।

रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्काले रकम बुझ्दै झापाली समाज अस्ट्रेलियाले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भनी प्रशंसा व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु