चैत २९ ।छत्तीसगढ, भारतको छत्तीसगढको बस्तरमा प्रहरी र माओवादीबीच भिडन्त हुँदा ८ जना घाइते भएका छन । मुठभिढमा एक प्लाटुन कमाण्डरसहित सात प्रहरी मारिएका हुन । घटनामा १० भन्दा बढी प्रहरी घाइते भएका छन् । प्रहरीले मृतक संख्या बढ्न सक्ने बताएको छ।
नक्सल अपरेशन अतिरिक्त पुलिस महानिर्देशक आरके विजका अनुसार गत केही दिनदेखि प्रहरीले सुकमा जिल्लामा अलग अलग अपरेशन संचालन गरेको थियो । शनिबार एसटीएफका जवान अपरेशनपछि फर्कने क्रममा घटना भएको हो । दोरनापालको पीडमेलमा माओवादी छापामारले प्रहरीमाथि आक्रमण गरेका थिए।घटनापछि जिल्ला सदरमुकामबाट ठुलो संख्यामा घटनास्थलमा प्रहरी परिचालन गरिएको बताइएको छ।








