अष्ट्रेलिया । चितवनका सिमन धन खड्का अष्ट्रेलियाको नौसेनामा भर्ती भएका छन् । सिमन सन् २००८ को क्रिसमसको दिन मेलबर्न पुगेका थिए ।
सिमन खड्का एडिलेडमा सेवा गरिरहेका छन्। उनी जनवरी १७ देखि टोंगा असिस्ट २०२२ मा खटिएका छन् ।
सिमन खड्काको यो पहिलो समुद्री पोस्टिंग हो ।
‘म सुरुमा स्टडी भिसामा अस्ट्रेलिया आएको थिएँ र दुई वर्ष अटोमोटिभ मेकानिक टेक्नोलोजी पढेको थिएँ,’ खड्काले भने । पढाईसँगै उनले मेलबर्नका होटल र बारहरूमा काम गरेका थिए ।
उनी अझ राम्रो करियर बनाउने खोजीमा भौतारिरहेका थिए । उनका बुबा भारतीय सेनामा ३३ वर्षसम्म सिपाही थिए । त्यसैले पनि उनले बुबाको पाइला पछ्याएर सेनामा भर्ना भएका थिए।
हुङ्गा टोंगा–हुंगा हापाईमा पानीमुनि ज्वालामुखी विष्फोटपछि अस्ट्रेलियाली सरकारले टोङ्गन सरकारलाई सहयोग स्वरुप अष्ट्रेलियाको रक्षा बललाई ‘अपरेशन टोंगा असिस्ट २०२२’ रुपमा तैनाथ गरिएको छ ।








