अष्ट्रेलिया । वेष्टर्न अष्ट्रेलियाको पर्थमा २६ वर्षिय नेपाली महिला आफ्नै कोठामा मृत भेटिएकी हुन् ।
गैर आवासिय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाले सार्वजनिक गरेको सूचना अनुसार जनवरी २० तारिख राति प्रभा पाण्डे पौडेलको मृत भेटिएकी हुन् ।
बुटवल स्थाई घर भएकी प्रभा, ६ वर्ष अघि अध्ययनका लागि श्रीमानसंगै अष्ट्रेलिया आएकी थिइन् । उनले दुई महिना अघि आफ्नो ६ साताको सन्तान समेत गुमाएकी थिइन् ।
स्थानीय भिक्टोरिया पार्कस्थित युनिटमा बसोबास गर्ने पाण्डेका श्रीमान नवराज पौडेलसहित पर्थवासी नेपाली यतिबेला शोकमा छन् । हालै पढाई सकेर टीआरमा रहेको बेला यस्तो दुखद घटना भएको छ ।
प्रभाको शव नेपाल पठाउने बारे श्रीमान र परिवारसंग सल्लाह भइरहेको छ । बच्चाको उपचार खर्च नै तिरिनसकेको बेला प्रभाको श्रीमानलाई श्रीमतीको शव नेपालमा पठाउनका लागि खर्च कहाँबाट ल्याउने भन्ने चिन्ताले सताएकाले एनआरएनएले बैंक खातामा सहयोग संकलन गरिदिन समेत सबैमा आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै एनआरएन वेष्टर्न अष्ट्रेलियाले भनेको छ, ‘मृत शरीर अन्त्येष्टिका लागि नेपाल पठाउने या यहीँ दाहसंस्कार गर्नेबारे परिवारमा छलफल भइरहेको र उक्त कार्यका लागि धेरै कम खर्च हुने गरेकोले मृतका श्रीमान तथा परिवारले आर्थिक संकलन गरी सहयोग गरिदिन पर्थवासी नेपाली संघसंस्थालाई विनम्र आग्रह गर्नुभएको छ ।
यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै आफ्नो स्वेच्छाले यस कार्यमा आर्थिक सहयोग गरिदिनुहुन हामी आग्रह गर्दछौं ।’
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको निम्न खातामा सहयोग संकलन गर्न सक्नुहुन्छ ।
Account Details ;
•A/ C Name : NRNA-WA
•BSB: 032-006
•A/C No: 561999








