भिक्टोरिया राज्यमा जारि लकडाउन थप खुकुलो, यस्ता छन् नयाँ नियम

अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेसँगै लकडाउन पनि आइतबार रातिदेखि खुकुलो हुने भएको छ ।

भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुजले आइतबार रातिदेखि सामाजिक अन्तक्रिर्या र बाहिर निस्किने समय बढाइने बताएका हुन् ।

भिक्टोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको आज नवौं दिन हो। यो नतिजाका कारण सरकारले सामाजिक दूरीको नियममा केही खुकुलो बनाएको छ।

आइतबार राती बाह्र बजेदेखि मेलबर्नवासीका लागि ट्राभल लिमिट हट्नेछ। यसअघि मेलबर्नवासीका लागि ट्राभल लिमिट २५ किलोमीटर रहेको थियो। त्यस्तै, मेलबर्न र रिजनल भिक्टोरियाका लागि लकडाउन फरक(फरक भएकोमा अबदेखि नियम दुवै क्षेत्रको लागि उस्तै रहनेछ।

रेष्टुरेन्ट, क्याफे, पवहरुले भित्र ४० जना र बाहिर ७० जना ग्राहक राख्न पाउनेछन्। जिम र इनडोर स्पोर्ट्समा निश्चित दूरी राखेर एकैपटक २० जनाको लागि अनुमति दिइनेछ।

त्यस्तै, धार्मिक कार्य तथा मृत्यु संस्कारमा भित्र २० जना र बाहिर ५० जना रहने अनुमति दिइनेछ। घरमा पाहुना बोलाउँदा दुई परिवारका सदस्यलाई बोलाउन सकिनेछ।

सम्बन्धित शिर्षकहरु