ढोरपाटनमा बाढी-पहिरो : तीन जनाको शव फेला, कम्तीमा १० जना बेपत्ता

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ।

बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडाका बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा क्षति पुगेको हो।

विभिन्न वडामा बाढी र पहिरोमा परेर कम्तिमा पनि तीन जनाको मृत्यु भएको छ भने १० जनाभन्दा धेरै बेपत्ता भएका छन्।

बुधबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण स्थानीय सुकुर्दुङ, दोभानखोला र भुजीखोलामा आएको बाढी ठाउँ ठाउँमा खसेको पहिरोले थुनिँदा वरपरका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु