
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक९ एक जना को कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते बिहान ८:४१ बजे निधन भएको छ ।
पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको छ ।
पर्साका विरगन्जमा ७९ साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।
पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी थिए ।
सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते राति १० :४५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।








