काठमाडौ, नेपालमा एकातिर कोरोना संक्रमित बढिरहेको छ भने अर्कातिर संक्रमितहरु निको भएर घर फर्कने क्रम पनि उत्तिकै बढिरहेको रहेको छ ।
विरगंजस्थित नारायणी अस्पतालबाट ९ जना र रुपन्देहीको बुटवल स्थित कोरोना बिशेष अस्पतालबाट १० जना गरी १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।
हाल सम्म कोरोनाको सफल उपचार पछि कोराना निको भएर घर जानेको संख्या ८९ जना पुगेको छ ।
त्यसैगरी सप्त्तरीमा दोस्रो संक्रमित ३५ बर्षिया युवक चोर बाटो हुँदै भारतको हरियानाबाट फर्किएर घरमा लुकिबसेको भेटिएको छ ।
सुक्रबार स्वाव परिक्षणको अवस्था पोजेटिभ आएपछि अहिले गजेन्द्र नारायाण सिंह अस्पतालको आइसोलेसनमा राखिएका उनी ९ दिन अघि नै सप्त्तरीको बलान बिहुल गाँउपालिका – स्थित घरमा आई परिवारसँग बसेको खुलेको हो ।
स्थानीयबासीले जानकारी दिएपछि प्रहरी र जनप्रतिनिधिको सहयोगमा ती युवक र परिवारका अन्य सदस्यहरुलाई क्वारेन्टिनमा लगिएको थियो ।








