नेकपालाई एकताबद्ध गराउने जिम्मेवारी नेता र कार्यकर्तालाई : नेकपा नेता शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी फुट्न नदिने र एकताबद्ध गराउने जिम्मा नेता र कार्यकर्ताको भएको बताएका छन ।

शनिबार सामाजिक सञ्जाल मार्फत नेता शर्माले रुपान्तरण सहितको एकता आजको आवश्यकता भएकोले पार्टीलाई कुनै हालतमा फुट्न नदिने धारणा व्यक्त्त गरेका हुन ।

उनले नेकपा भित्रको विवाद,नेपाल र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन ।

“दुई नेताले के गर्लान भनेर हेरेर बस्नु हुँदैन,नेता शर्माले भनेका छन,नेकपाका नेता र कार्यकर्तालाई पार्टी एकताबद्ध गर्ने जिम्मेवारी आएको छ ।

उनले पार्टीलाई व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु नहुने भन्दै एकता गर्दा समायोजन गरिएको दुई पार्टीबीच गरिएका सहमति,आम जनता र कार्यकर्ताको इच्छा पूरा हुनुपर्ने बिचार व्यक्त्त गरेका छन ।

कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त नभएको भन्दै रुपान्तरण सहितको एकता आजको आवश्यकता रहेकाे उनको भनाई छ ।

सम्बन्धित शिर्षकहरु