असनेपालन्युज । सिड्नी । अस्ट्रेलियाको सिड्नी स्थित रिभरउड निवासि हरि श्रेष्ठलाई ‘स्वयंसेवा पदक सम्मान “‘ब्यान्क्स भोलिन्टियर अवार्ड २०१९ ‘मिलेको छ । अस्ट्रेलियाली आप्रवास र बहुसांष्कृतिक दुई मन्त्रीहरूले एकै साथ सो पदक प्रदान गरेका हुन्। केन्द्रीय आप्रवास , नागरिकता र बहुसांष्कृतिक डेविड कोलम्यान , र केन्द्रिय आदिवासि , स्वास्थ्य तथा जेष्ठ नागरिक संरक्षण मन्त्री केन वाले सबैलाई समुदायका विभिन्न ब्यक्तित्व हरूलाई सम्मान गर्ने क्रममा सो पदक प्रदान गरेका हुन्। पेन्हस्ट नेपाली समुदायको तर्फबाट सो पदक थापेका हरि श्रेष्ठ यो पदकले आफुलाई माध्यम मात्र बनाएको तर वास्तवमा नेपाली सुमुदायनै सम्मानित बनेको बताउंनु भयो । श्रेष्ठले समुदायको खेलकुद , स्वास्थ्य ,नेपाली शिक्षण परोपकार लगायतका क्षेत्रमा योगदान पुर्याउंदै आउनु भएको छ । “हामि धेरै भएर एक समुह जस्तो भएका छौं , त्यसैले हामी अस्ट्रेलियाली हौ ” मन्त्री डेबिडले सो अवसरमा बताउंनु भयो ।
नेपाली समुदायको सहयोगले अस्ट्रेलियालाई बहुसांश्कृतिक रुपमा सफल देश बनाउंन सघाएको पेन्हस्ट नेपाली समुदायका अध्यक्ष लक्ष्मण श्रेष्ठ असनेपाल न्युजलाई बताउंनु हुन्छ । समुदायले सो सम्मानका लागि आपसि छलफल बाट हरी श्रेष्ठको नाम सिफारिस गरेको थियो । सो अवसरमा सिड्नीका ५७ वटा संस्थाका स्वयंसेवकलाई प्रोत्साहन स्वरुप यस्तो सम्मान वितरण गरिएको थियो ।
सिड्नीको रिभरउड ‘आर एस एल’ क्ल्वमा आयोजित सो कार्य क्रममा विभिन्न समुदाय झैं नेपाली समुदायका प्रतिनिधिहरूको पनि सहभागीता रहेको थियो । पेन्हस्ट नेपाली समुदायले शब्दमाला पाठशाला , जेष्ठ नागरिक सेवा , परोपकार , पर्व उत्सव समारोह लगायतका विविध कार्य सन्चालन गर्दै आएको छ । सो अवसरमा संस्थाका सल्लाहकारहरू आचार्य राजन शर्मा , तिर्थ खतिवडा , अध्यक्ष लक्ष्मण श्रेष्ठ, सचिव हरि श्रेष्ठ, अन्य सदस्यहरू सुरज श्रेष्ठ , शम्भु घिमिरे ,सन्चारकर्मि ॠषि आचार्य,पुष्प सापकोटा लागायत विभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो ।













