काठमाडौं । डा. गोविन्द केसीले नेताबिरुद्ध अनसन बस्ने चेतावनी दिएका छन् । सत्याग्रहका बेला आफूसँग भएका सम्झौता विपरित काम भइरहेका भन्दै यस्तो चेतावनी दिएका हुन् । आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक संसदमा अघि बढाएको भन्दै डा. केसीले तत्काल सच्चाउन माग गरेका छन् ।
पत्रकार सम्मेलन गर्दै केसीले सहमतिविपरित विभिन्न विधेयक पारित गरेकोमा आपत्ति प्रकट गरेका छन् । उनले प्रेस विज्ञप्ति वितरण गर्दै सरकारले जनताको सवालमा काम नगरेको बताए । उनले उपसमितिले पठाएको प्रतिवेदन समितिले अविलम्ब नसच्चाए पुष २५ अगाडि नै सत्याग्रह बस्ने चेतावनी दिए । डा. केसीले अबको अनसन नेताबिरुद्ध हुने चेतावनी दिए ।









