काठमाडौंमा चल्ने सवारी साधनमा १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली

काठमाडौं  । राजधानीको सडकमा चल्ने सवारी साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू हुने भएको छ । आगामी मंसिर १४ देखि १७ सम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका लागि गृह मन्त्रालयले काठमाडौंको सवारी व्यवस्थापन गर्न लागेको

सम्मेलनका लागि काठमाडौंमो मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू हुने छ । मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने छ । सो अवधिमा अत्यावश्यक सेवा तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

सम्बन्धित शिर्षकहरु