बजेटमाथिको सैद्धान्तिक छलफल आज पनि जारी (हेर्नुहोस् लाइभ)

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा बजेटमाथिको छलफल आजपनि जारी छ । बजेटमाथि सांसदहरुले भनाई राखिरहेका छन् । यसअघि नै बोल्नका लागि संसद सचिवालयमा नाम दर्ता गराएका सांसदहरुलाई पालैपालो बोल्न दिइएको छ । हिजो संसदमा बजेटमाथि भनाई राख्ने क्रममा सांसदहरुले ४ करोड बजेट प्रक्रियाका विषयमा आपत्ति जनाएका छन् ।

बजेटमाथि प्रतिनिधिसभामा भोलिसम्म र राष्ट्रियसभामा आज मात्रै छलफल हुनेछ । छलफल सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ  । संसदको बैठक बिहान ११ बजेबाट सुरु भएको छ ।

सम्बन्धित शिर्षकहरु