रियल मड्रिडबाट जिदानको राजीनामा,अबको यात्रा कता ?

एजेन्सी । रियल मड्रिडका कोच जिनेदिन जिदानले रियल मड्रिडबाट राजीनामा दिएका छन् । बिहीबार बर्नबेउ स्टेडियमबाट उनले राजीनामाको घोषणा गरेका हुन् । सन् २०१६ बाट रियलमा आवद्ध भएका जिदानले च्याम्पियन्स लिग जिताएका थिए भने उनको प्रशिक्षणमा २०१६ मा ला लालिगा पनि जिताएका थिए ।

लगातार तीनपटक युरोपिएन च्याम्पियन लिग जिताउन सफल कोचका रुपमा जिदान परिचित छन् । जिनेदान जिदानको टोली रियलले केही अगाडिमात्र लिभरपुललाई ३—१ गोल अन्तरले पराजित गर्दै उपाधी उचालेको थियो । यो उपाधिसँगै रियल च्याम्पियन्स लिगमा लगातार तीन पटक उपाधि जित्ने दोस्रो क्लब बनेको छ ।

सन् २०१६ को जनवरीमा रियल मड्रिडको प्रशिक्षक बनेको जिदानले क्लबलाई लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताउनुका साथै १ पटक ला लिगा च्याम्पियन समेत बनाए। ‘म यो क्लबलाई माया गर्छु,’ जिदानको भनाईलाई बीबीसीले उल्लेख गरेको छ । ‘मेरो विचारमा यो टिमले जितलाई निरन्तरता दिनुपर्छ तर मलाई लाग्छ क्लबलाई परिवर्तन आवश्यक छ, एउटा फरक आवाज, अर्को मेथोडोलोजी। त्यो नै मेरो निर्णयको कारण हो।’ ३ वर्षको लिगको प्रशिक्षक रहदा जिदानले ३ च्याम्पियन्स लिग र १ ला लिगाका साथै २ युइएफ सुपर कप, २ फिफा क्लब वर्ल्ड कप र १ स्पानिस सुपर पको उपाधि पनि जिते।

सम्बन्धित शिर्षकहरु