विराटनगरमा रहेको भारतीय दूतावासको कार्यालय हटाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले ओलीले विराटनगरमा रहेको भारतीय दूतावास मातहतको फिल्ड कार्यालय हटाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेता चयन भएपछि शनिबार सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारतीय दूतावासले विराटनगरमा संचालन गरिरहेको कार्यालय तत्कालै हटाउन लगाउने घोषणा गरेका हुन् ।

भारतीय दूतावासले १० बर्षदेखि विराटनगरमा फिल्ड कार्यालय संचालन गर्दै आएको छ । २०६५ सालको भदौमा आएको विनाशकारी बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गरेका थिए । सोही बहानामा भारतीय दूतावासले नेपाली सवारी साधनलाई पास दिन भन्दै फिल्ड कार्यालय खोलेको थियो ।

तर, संकटकालिन अबस्थामा केही दिन राहतका लागि स्थापना गरिएको फिल्ड कार्यालय अहिलेसम्म भारतले बन्द गरेको छैन् । बरु फिल्ड कार्यालयको बहानामा अनेक गतिविधि गर्दै आएको अराोप लाग्ने गरेको छ ।

भारतीय फिल्ड कार्यालय हटाउन यो बीचमा पटकपटक प्रयास भएका थिए । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले अहिलेसम्म अटेरी गरिरहेको छ । -दैनिक नेपाल

सम्बन्धित शिर्षकहरु