पोखरा । पोखरा लेखनाथ महानगरपालिका मेयर मानवहादुर जिसीले डोजर चलाएर एक कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ३ घाइते भएका छन् । शुक्रवार पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रहेको थियो ।
प्राविधिक ज्ञान नभएका कार्यक्रमका प्रमुअ अतिथि मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसेका हुन् ।
कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी, रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ र स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए । पोखरा लेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना छ ।








