फेरि चम्किए गेल,पञ्जाव आईपीएल क्रिकेटको शीर्ष स्थानमा

एजेन्सी । किंग्स इलाभेन पञ्जाव आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारको खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै पञ्जाव शीर्ष स्थानमा उक्लिएको हो । १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको पञ्जावले ११ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पञ्जावले लक्ष्य भेट्टाएको हो । पञ्जावलाई जिताउन क्रिस गेलले अविजित ६२ रन बनाए ।

३८ बल खेलेका गेलले ५ छक्का र ६ चौका प्रहार गरेका थिए । यस्तै, लोकेश राहुलले ६२ रन बनाए । मात्र २७ बलमा ६२ रन बनाउने क्रममा लोकेशले ९ चौका र २ छक्का प्रहार गरेका थिए । जितपछि पञ्जाव चेन्नाइलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावले पाँचमध्ये चार खेल जित्दै आठ अंक बनाएको छ ।

चेन्नाइको पनि आठ अंक नै भए पनि रन औसतमा पञ्जाव शीर्ष स्थानमा उक्लिएको हो । पहिले ब्याटिङ्ग गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाए पनि पानी परेपछि पञ्जावले डकवर्थ लुइस नियम अनुसार १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको थियो ।

सम्बन्धित शिर्षकहरु