असोज ३० ।काभ्रेपलाञ्चोक,अवैध सुन तस्करी गर्ने ४ जनालाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्लाको महेन्द्रज्योती गाविस वडा नम्बर–६ का ४२ बर्षीय हरिबोल कुवँर, ३२ बर्षीय धर्मराज कुवँर, ३४ बर्षीय कमल भूजेल र ४२ बर्षीय भिम बहादुर कार्कीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बनेपाको गोदामचोकबाट मंगलबार तीन किलो अवैध सुन सहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको हो ।
ब्यक्तिको घरमा लुकाइ राखिएको सुन अवैध रहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले घर खान तलाशी गर्दा कोठाको दराज भित्रबाट काटिएको अवस्थामा रहेको (१२ पिस) ३ किलो सुन बरामद गरेको थियो ।
तस्करीमा अन्य ब्यक्तिको समेत संलग्न हुन सक्ने भएकाले थप अनुसन्धान गरिरहेको काभ्रेका प्रहरी प्रमूख, प्रहरी उपरीक्षक पूजा सिंहले बताउनुभयो ।
झण्डै दुई वर्षअघि पनि काभ्रे प्रहरीले खासाबाट काठमाण्डौ आइरहेको मालबाहक भ्यान चेकचाँज गर्ने क्रममा धुलिखेल स्थित प्रहरी चेक प्वाइन्टबाट ९ किलो अवैध सुन बरामद गरेको छ ।








