पुस ८ ।धादिङ,जिल्लाको कटुन्जे गाउ विकास समिति वडा नं ७ कामीगांउँमाका दुई बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको छ ।चन्द्रवहादुर विश्वकर्माकी ५ वर्षिय छोरी रन्जिता विश्वकर्मा र इन्द्र वहादुर विश्वकर्माकी ४ वर्षिय छोरी एलिना विश्वकर्माको सोमबार बिहान रहस्यमय मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै ती बालिकासँगै रहेकी अर्की एक बालिका सिकिस्त बिरामी भएकी छिन्।
घर नजिकै रहेको किराना पसलको छेउमा छट्पटिरहेको अवस्थामा भेटिएका बालिकाहरुलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा दुई बालिकाको बाटोमानै मृत्यु भएको हो भने एक बालिकाको सदरमुकाम धादिङवेशीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ।
सिकिस्त अवस्थामा फेला परेकी कान्छी विश्वकर्माको भने गम्भीर अवस्थामा काठमाडौं वसुन्धरास्थित इशान अस्पतालमा उपचार भइरहेको छ।
आफुले बच्चाहरुलाई फेला पार्दा उनीहरुको मुखवाट फिज निक्लिरहेको मृतक रन्जिता विश्वकर्माकी आमा शान्तिमायाले बताइन्।सिकिस्त अवस्थामा फेला परेकी कान्छी विश्वकर्माको भने गम्भीर अवस्थामा काठमाडौं वसुन्धरास्थित इशान अस्पतालमा उपचार भइरहेको छ।
आफुले बच्चाहरुलाई फेला पार्दा उनीहरुको मुखवाट फिज निक्लिरहेको मृतक रन्जिता विश्वकर्माकी आमा शान्तिमायाले बताइन्।
मृतक बालिकाहरुको साथवाट ३ पोका झिंगा मार्ने औषधि फेला परेको अभिभावकले बताएका छन्। रन्जिता विश्वकर्माकी आमा शान्ति विश्वकर्माले पनि दाउरा खोजेर घर आउदा छोरीहरुलाई घरमा नदेखेपछि खोज्दै जाँदा किराना पसल नजिकै छट्पट्टिरहेको अवस्थामा उनिहरुलाई फेला पारेकी थिइन ।
तीनवटै बालिकाहरु नजिकैको नारायणी देवी प्राविमा पढ्न जाने गरेको भए पनि सोमबार तीनजना नै स्कुल गएका थिएनन्।
किराना पसल संचालक नरबहादुर गुरुङले भने आफ्नो पसलमा वेच्न राखेको झिगा मार्ने औषधिको बट्टा नै हराएको बताए ।
मृतकका आफन्तहरुले घटना रहस्यमय भएको भन्दै तत्काल छानविन गर्न जिल्ला प्रहरी कार्यलय धादिङमा जाहेरी दिएका छन्








