भदौ २१ काठमाडौँ- नेपाली अभिनेता सुनिल थापाको महत्वपुर्ण भूमिका रहेको बलिवूड छालाचित्र मेरिकोम शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको छ ।
ओलम्पिक बिजेता भारतीय बक्सर मेरी कोमको जीवनीमा आधारित उक्त चलचित्रमा मेरिकोमको भूमिकामा भने पि्रयंका चोपडा रहेकी छन्। नेपाली अभिनेता सुनीलले भने पि्रयंकाको बक्सिंग गुरुको भूमिका निर्वाह गर्नुभएको छ ।
नेपाली रजतपटमा प्रवेश गर्नुअघि पनि बिभिन्न बलिउड फिल्ममा आफ्नो अभिनय पस्किसक्नुभएका सुनीलले पुनः ‘मेरी कोम’ बाट बलिउडमा कमब्याक गर्नुभएको हो। सञ्जयलीला भन्सालीको निर्माण रहेको यो चलचित्रलाई उमंग कुमारले निर्देशन गरेका हुन्।
फिल्मको प्रोमोदेखि नै सुनीलको जबरजस्त उपस्थिति रहेको फिल्मको पोस्टरमा समेत पि्रयंकासँगै देखिनुले सुनीलको भूमिका वजनदार रहेको मान्न सकिन्छ। फिल्म टोरन्टो फिल्म फेस्टिभलमा समेत पि्रमियर हुँदै छ। ‘मेरो कोम’ सँगै नेपालमा भने ‘बिर्खेलाई चिन्छस्’ लाग्नेछ। तर दुवै फिल्मले एकअर्काका दर्शक नकाट्ने अनुमान गरिएको छ।







