असोज २४ । काठमाडौं, अवैध लागूऔषध कारोबार गरेको आरोपमा केहि बर्ष अघिदेखि बैंककमा रहदै आएका पूर्वयुवराज पारस शाह फेरी परेका छन ।

बैंककमा पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।
पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक गरेको छ ।
केही कालो र गँजडीकोजस्तै देखिने पारसलाई पुलिस स्टेसनमा सार्वजनिक गरिएको हो ।
शाहलाई बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ ।
सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।
पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
पारसको पक्राउको थाईल्याण्डस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ ।
थाइल्याण्डका लागि कार्यबहाक नेपाली राजदूत डोरनाथ अर्यालले पारस पक्राउ भएको र उनलाई पक्राउ गरिएको कुरा स्थानीय प्रहरीले दुतावासमा खबर गरेको बताउनुभयो । पारस पक्राउ सम्बन्धि बिस्तृत जानकारी त्यहाको प्रहरीले दुतावासलाई केहि समयभित्रै पठाउने जानकारी दुताबासले दिएको छ ।
त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।
साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामो समय अचेत बनेर निको भएका थिए ।







