काठमाडौ,यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक ६९ वर्षीय पैट्रिक मोदियानोलाई दीइने भएको छ ।
फ्रेन्च भाषामा लेख्ने मोदियानोलाई उहाको उपन्यासका लागि नोबेल पुरस्कार दिइएको हो ।
उहाको उपन्यासहरू अंग्रेजी तथा स्विडिस भाषामा पनि अनुवाद भएका छन् ।
उहाका धेरै उपन्यासहरू विशेषगरी फ्रान्समा लोकप्रिय छन् ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार जापानी लेखक हारूकी मुराकामी अथवा केन्याका उपन्यासकार नागुगी वा थिगोले पाउने हल्ला चलेपनि फ्रान्सेली लेखक मोदियानोले यो पुरस्कार पाएका हुन् । साहित्यतर्फको नोबेल पुरस्कारको राशी ६ लाख ९१ हजार अमेरिकी डलर छ ।






