क्यानका पूर्वअध्यक्ष शाहको निधन

भदौ २१, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष जयकुमार नाथ शाहको बुधबार निधन भएको छ ।लामो समयदेखि मुटुरोगबाट ग्रसित शाहको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी समेत रहनुभएका शाहको उपचारका क्रममा ८९ वर्षीय उमेरमा मुत्यू भएको हो । शाहले वि.सं. २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरे । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन थालेको हो ।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए ।कार्यथलो बैतडीमा रहेका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए ।

‘क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उहाँले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउनु भएको हो’–अध्यक्ष चन्दले भने ।

 

सम्बन्धित शिर्षकहरु