भदौ ३१ – बसमा यात्रा गर्नेलाई थाहा छ नेपालका राजमार्गका होटलहरु कति मनपरी गर्छन । कसैले पनि मूल्य सुची वा मेनु राख्दैनन् । यात्रुले खाना खैसकेपछी पैसा तिर्ने बेलामा मात्र थाहा पाउछन कि उनीहरुले खाएको खानाको मूल्य सामान्य भन्दा दुइ तिन गुना बढी छ । आफु ठगिएको महशुस गर्दै अमिलो मन पार्नु बाहेक यात्रुसंग कुनै विकल्प हुदैन ।
राजमार्गमा चलिरहेको यही अनियमितता र ब्रम्हलुटलाइ नियमन गर्न भन्दै राजमार्गका होटलहरुमा मंगलबारदेखि लागु हुने गरि नयाँ मूल्य निर्धारण भएको छ । राजमार्गका धादिंग, चितवन र नवलपरासीमा पर्ने होटलहरुमा अब समान मूल्य लागु हुनेछ ।
निर्धारित नयाँ मूल्य अनुसार सादा खाना १२०, मटन खाना २३०, चिकेन, माछा खाना १८०, चाउचाउ सादा ३५, अण्डासहितको चाउचाउ ६०, भेज चाउमिन ६०, चिकेन चाउमिन १००, भेज मःम ६०, चिकेन मःम ८०, दही प्रति गिलास ४०, मिनरल वाटर प्रतिबोतल २० रुपैयाँ भन्दा कसैले पनि बढी मूल्य लिन पाउने छैन । तिन जिल्लाका होटल ब्यबसायी, सरकारी अधिकारी र स्थानीयको संयुक्त टोलीले सबै होटलमा मुल्यासुची टाँस गरेको हो ।








