असार २६ सिडनी । अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थी शुसन थापाको मंगलबार कामबाट फर्कने क्रममा उनी चढेको मोटरसाईकललाई ट्यासीले ठक्कर दिंदा मृत्यु भएको थियो ।
सिड्नी स्थित मेन्लीमा भएको उक्त्त मोटरसाइकल दुर्घटनामा परि थापा गम्भीर घाइते भएका थिए । ट्याक्सीको ठक्कर लागी सडकमा लडेका थापालाई अर्को भ्यानले चेपेको थियो । त्यसपछि उनलाई उपचारको लागी नजिकैको अस्पताल पुर्याईको थियो । थापाको सोही अस्पतालमा उपाचारको क्रममा शनिवार निधन भएपनि अस्पतालले भने आइतबार साँझ मात्रै औपचारिक घोषणा गरेको गायक समिर आचार्यले जानकारी दिए ।
थापा स्नातक अध्ययनका लागी सन् २०१४ मा अष्ट्रेलिया आएका थिए । उनि हाल सिक्यु विश्वविद्यालय स्नातक तहमा आइटी अध्ययनरत थिए । थापाको शवलाई सिडनी स्थित कोरोनरको कार्यालयमा राखिएको छ । उनको शवलाई नेपाल पठाउन रकम संकलन गर्न शुरु गरिसकिएको छ ।
उनको शव नेपाल पठाउन निम्न नम्वरमा सम्पर्क गर्न सकिने फेसवुक मार्फत सन्तोष तिवारीले जानकारी दिएका छन् । सन्तोष भण्डारी ०४२६२२६१८२, नरेश रेग्मी ०४१५८९०९३३, सन्तोष के सी ०४१५६९७११६ ।








