सिड्नी र मेलबर्नमा गोर्खाली गाथाको स्मरण

हरेक वर्ष अस्ट्रेलियामा अप्रिलको २५ तारिखलाई विश्वयुद्ध र अन्य विभिन्न लडाइहरूमा सेवा पुराएका र ज्यान गुमाएका मानिसहरूको सम्झना गर्ने समयको रूपमा लिइन्छ।

एन्ज्याक डे भनिने यो दिवश अस्ट्रेलियाका विभिन्न शहरहरूमा बिहानीपख “डअन सर्भिस”सँगै सुरू हुन्छ। सिड्नि र मेलबर्नमा गोर्खाली गाथाको स्मरण गरिएको छ।

यसै गरी इतिहासका विभिन्न कालखण्डमा भएका द्वन्द तथा युद्धमा भाग लिएका भूतपूर्व सेना, तिनका आफन्तजन र स्कूले विद्यार्थीहरू पनि विशेष महत्त्वका साथ परेडमा भाग लिन्छन्।

एन्ज्याक डे परेडमा अस्ट्रेलिया, न्युजिल्याण्ड लगायत अन्य थुप्रै देशका भूतपूर्व सेनाहरूसँगै ब्रिटिश सेना अन्तर्गत सेवा गरेका नेपाली पृष्ठभूमिका भूतपूर्व सैनिकहरूले पनि भाग लिएका थिए।

गोर्खाली सेना र तिनका परिवारहरू हरेक वर्ष झैँ ब्रिटिश कमनवेल्थ भेटेरन्स एन्ड डिसेनडेन्टस अन्तर्गत “द ब्रिगेड अफ गुर्खाज” (The Brigade of Gurkhas)को ब्यानर मुनि मार्चमा सहभागी थिए। त्यस्तै, सबै एन्ज्याक सैनिक र ज्यान गुमाएकाहरूको सम्झनामा “लेस्ट वी फर्गेट” को नाराका साथ मेलबर्नको स्राइन अफ रिमेमब्रेन्स एक मिनेट मौन धारण पनि गरिएको थियो।

सम्बन्धित शिर्षकहरु