भदौ २० ।रुकुम,आमा सिरियामा बन्धक हुँदा र भारत गएका बाबु वेपत्ता हुँदा रुकुममा एक बालिकाको विचल्ली भएको छ ।
रुकुम सदरमुकाम खलंगा–८ की ११ वर्षीया बालिका कृष्णा चनारा आमाबाबु नभएपछि साहाराविहीन बनेकी हुन् ।
बालिकाकी आमा भूमी चनारा विगत पाँच महिनादेखि सिरियामा बन्धक छिन् भने बाबु धनबहादुर विगत एक दशकदेखि रोजगारीका लागि भारत गए पनि अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
खलंगास्थित यमुना नन्द नमुना उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्दै आएकी वालिका चनारा अहिले मामाघरमा बस्दै आइरहेकी छन् ।








