
काठमाडौं । काठमाडौंका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई सांकेतिकरुपमा घाँस उपहार दिएका छन् । पुरातात्विक रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गरेको भन्दै आज विहान सम्पदाप्रेमीले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित रानीपोखरीमा सप्रिएको घाँस उपहार दिएका हुन् ।
घाँस उपहार बुझाउँदै सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गराउनुपर्ने माग गरेका छन् । यता मेयर विद्यासुन्दर शाक्य भने प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् ।
उनीहरुले रानीपोखरीको पुनर्निर्माणमा ढिलाई गरेर महानगरले सम्पदाको महत्वलाई चरम बेवास्ता गरेको आरोप लगाउँदै सांकेतिक रुपमा घाँस उपहार दिएको बताएका छन् ।








