मेलम्चीको पाइपलाइनमा स्काडा

काठमाडौं,जेठ २७ – बहुप्रतिक्षित मेलम्ची खानेपानीको पाइपलाइन नयाँ प्रविधीबाट सुपरभाइज हुने भएको छ । काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ । मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार जडान गर्न लागिएको यो प्रणाली नेपालमै पहिलोपटक हो । स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ ।  उपत्यकामा वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ । सोही आधारमा पानीमाथि नियन्त्रण र निरीक्षण गरिनेछ ।

पहिलो चरणमा यो प्रणाली थोक वितरण प्रणाली ९बिडिएस०अन्तर्गत बिछ्याइएका पाइपमा कार्यान्वयन गरिनेछ । उपत्यकामा यस प्रणालीअन्तर्गत हालसम्म ७७ किमि पाइप बिछ्याइएको छ । पिआइडीका प्रवक्ता तथा वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकाल भन्नुहुन्छ ‘यो प्रणाली सेट जडान भएपछि वितरित पानीको सम्पूर्ण विवरण एउटै कोठामा संकलन हुनेछ र आइपर्ने समस्या कन्ट्रोल रुमबाटै समाधान गर्न सकिने छ ।’

सम्बन्धित शिर्षकहरु