अन्तिम रेडियो थेरापी सकिएपछी प्रधानमन्त्री कोइरालाले आराम लिँदै

असार २६ ।काठमाडौ,झण्डै चार साता अघिदेखि अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराइरहनु भएका प्रधानमन्त्री सुशील कोइरालाको अन्तिम रेडियोथेरापी सकिएको छ ।

न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरमा उहाँको उपचार गराउनु भएको कोइरालालाई चिकित्सकको सुझाव अनुसार यो अन्तिम रेडियोथेरापी गरिएको हो

नेपाली समय अनुसार गएराति प्रधानमन्त्रीको अन्तिम रेडियोथेरापी सकिएको सँगै रहनुभएका प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभयो ।

अब केही दिनको आरामपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्किनुहुने बताइएको छ ।

तर, मिति भने तय भइनसकेको योगीले जानकारी दिनुभयो ।

भोलिको रेडियोथेरापी पश्चात केही दिन आराम गर्न चिकित्सकले सुझाएका छन् ।

रेडियोथेरापीपछि प्रधानमन्त्रीको स्वास्थ राम्रो हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

फोक्सोमा दाग देखिएपछि उहाँ असार २ गते उपचारका लागि अमेरिका जानुभएको हो ।

त्यसपछि उहाँको पुन: स्वास्थ्य परिक्षण गरिने छ । पुन: स्वास्थ्य परिक्षण गरेपछि मात्र चिकित्सकले प्रधानमन्त्री कोइरालाको फोक्सोमा देखिएको क्यान्सरको थप उपचारबारे निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु