पोखरा महानगरपालिका वडा नं २ मा काँग्रेसको जीत,मादी गाउँपालिकामा एमाले विजयी

जेठ २ ।पोखरा,पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसका वडाध्यक्षमा रामेश्वर मल्लले ९३४ मत प्राप्त्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी हुनुभएको हो । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।

त्यसैगरी कास्कीको मादी गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले)का वेदबहादुर गुरुङ चार हजार ६३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले तीन हजार ६५३ मत र नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले ६७४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा एमालेकी विष्णु पौडेल आचार्य चार हजार ५२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रभाश्री गुरुङले तीन हजार १३१ र माओवादी केन्दंकी नन्दश्री गुरुङले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।

बाह्र वडा भएको सो गाउँपालिकामा एमालेले वडा नं १, २, ४, ९, १० र ११, काँग्रेसले ३, ५ र ८ तथा माओवादी केन्द्रले १२ नं वडामा जितेका छन् ।

सम्बन्धित शिर्षकहरु