भदौ ९, टेक्सास- नेपाली जन सम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरले सुनकोसी पहिरो पीडितहरुको सहयोगार्थ एक लाख वीस हजार रुपियाँ संकलन गरेको छ। नेजस वेष्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले दिएको जानकारी अनुसार चलचित्र “नाई नभन्नु ल -२”को प्रदर्शनबाट उठेको सो रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

गत शुक्रबार स्टेफनभिलमा कलाकार सरोज खनाल को उपस्थितिमा विकास आचार्य निर्देशित चलचित्र “नाई नभन्नु ल -२” प्रदर्शन गरिएको थियो।
उपस्थित दर्शकहरुलाई सम्बोधन गर्दै कलाकार सरोज खनालले एउटा पवित्र कामको लागि भएकोले निर्माता निर्देशक विकाश आचार्यलाई नसोधिकन चलचित्र उपलब्ध गराएको बताउनु भयो ।
कार्यक्रममा स्थानीयका अतिरिक्त ड्यालास,फोर्थवोर्थ , वेदरफोर्ट, लगाएतका ठाउँमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिति थियो।








