काठमाडौं २८ माघ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा धेरैले ज्यान गुमाए, पिटाइ खाए, जेल–नेल र हन्डर खाए, कति त अपांग भए । यस्तो अवस्थामा खाली हात निर्वाचनमा जाऊँ भन्दा जनतालाई के जवाफ दिनू? भनेर राष्ट्रपतिसँग गुनासो गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘अहिले पहाड र तराई दुवैतिर अतिवादीहरू अगाडि आएका छन् । त्यसले जटिलता नजन्माओस् भन्नेतर्फ मुख्य राजनीतिक शक्ति बढी जिम्मेवार हुनुपर्छ । संविधान संशोधन गर्ने गरी तीनबुँदे सम्झौता गरेकाले हामीले अहिलेको सरकारलाई समर्थन गर्यौँ । तर, संशोधनमा छलफल हुन सकेको छैन । हामीले अड्काएको होइन, एमालेसँग पनि वार्ता गर्न तयार छौँ, सरकारको प्रस्ताव भएकाले उसलाई मनाउने मुख्य जिम्मेवारी त सरकारको हो नि,’ उनले भने। यसैबीच राष्ट्रपति विद्यादेवि भण्डारीले महन्थ ठाकुरको प्रशंसा गर्दै आफूभन्दा पनि तपाईं धेरै सिनियर लिडर भएको बताउकी छन्। ‘महन्थजी तपाईं धेरै अनुभवी र मभन्दा पनि धेरै ‘सिनियर लिडर’ हुनुहुन्थ्यो, हुनुहुन्छ । त्यसैले मैले तपाईंलाई सधैँभरि सम्मान गर्दै आएकी छु । नेपालको राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा तपाईंको धेरै महत्वपूर्ण योगदान छ, अहिलेको यो जटिल परिस्थितिमा पनि निकास निकास खोज्न भूमिका खेल्नुस्,’ उनले भनिन्।
सम्बन्धित शिर्षकहरु
मङ्सिरभित्र नयाँ निर्वाचन
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷७४ को सरकारको […]
बाध्यताको वैदेशिक रोजगार पाँच वर्ष मात्रै: श्रममन्त्री गोकर्ण विष्ट
श्रमिक पठाउन थालेको २० वर्षमा नेपालले मलेसियासँग श्रम समझदारी गरेको छ। यसमा श्रम तथा रोजगारमन्त्री गोकर्ण […]
डा. केसीको ११ औं आमरण अनसन अाजबाट सुरु
साउन ९, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले अाज अस्पतालमा पत्रकार सम्मेलन गरेर ११ औं […]
सिड्नीमा सयौँ मानिसलाई कोरोना संक्रमण नभएको गलत नतिजा, प्रयोगशालाद्वारा गल्ती स्वीकार
सिड्नी । सिड्नीको एउटा प्रयोगशालाले सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण नभएको त्रुटिपूर्ण रिपोर्ट दिएको तथ्य […]
किन पटक-पटक दोहोरिए न्यु साउथ वेल्सको दूतमा दीपक खड्का ? यस्तो छ कारण
असनेपालन्युज, अष्ट्रेलिया/सन्जीव अर्याल । न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा दीपक खड्कालाई […]
स्थानीय निर्वाचन: देशभर तोकिए १० हजार ७५६ मतदान स्थल, कुन प्रदेशमा कति मतदान केन्द्र ? (सूचीसहित)
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ […]


