मड्रिड । स्पेनिस जाइन्ट रियल मड्रिड कोपा डेल रे फुटबलको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
कोपा डेल रे अन्र्तगतको दोस्रो लेगको खेलमा मोरियानोले ह्याट्रिक गरेपछि रियलले कल्चरल लिओनेसालाई ६–१ ले पराजित गर्दै अन्तिमा १६ मा स्थान बनाएको हो । समग्रमा रियलले लिओनेसामाथि १३–२ को जित निकाल्यो । पहिलो लेगमा रियल ७–१ ले विजयी भएको थियो ।
रियलको जितमा मारियानोले तीन तथा इन्जो जिदान र हामेस रोड्रिग्वेजले गोल गरे रियलले एक गोल उपहार पाएको थियो । लेओनेसाका सेसर मोर्गाडोले आत्मघाती गोल गरेका थिए ।
घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो मिनेटमा नै मारियानोको गोलबाट अग्रता लिएको थियो । तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धीमाथि रियलले २३ औं मिनेटमा हामेसको गोलबाट अग्रता दोब्बर बनायो । ४२ औं मिनेटमा मारियानोले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता लियो । पहिलो हाफमा इन्जुरी समयमा यारे गोन्जालेजले गोल गर्दै गोलअन्तर कम गरेका थिए ।
६३ औं मिनेटमा इन्जो जिदानले गोल गर्दै रियललाई बजवुत स्थितिमा पु¥यायो । ८७ औं मिनेटमा मारियानोले ह्याट्रिक पुरा गरे ।
इन्जुरी समयमा लेओनेसाका सेसरले आत्मघाती गोल गरेपछि रियलले फराकिलो जित निकाल्यो । यही खेलबाट क्लबमा डेब्यु गरेका प्रशिक्षक जिनेदिन जिदानका छोरा एन्जोले गोल गरे । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन् । एन्जो दोस्रो हाफमा मैदान छिरेका थिए । एन्जोले प्रिसिजन टुरमा रियलबाट खेलेका थिए ।
तर प्रशिक्षक बुवा जिदानले पहिलो पटक एन्जोलाई रियलको प्रतिस्पर्धात्मक खेलमा खेल्ने मौका दिएका हुन् । २१ वर्षका मिडफिल्डर एन्जोले यसको फाइदा उठाए र गोल गरे । जिदानका चार छोरा मध्ये एन्जो जेठो छोरा हुन् । उनका अर्का छोरा रियलको युथ टिमका गोलरक्षक छन् । राति नै भएको खेलमा बार्सिलोना भने हर्कुलेससँग १–१ को बराबरीमा रोकियो बार्सिलोनाले आफ्नो मुख्य खेलाडी मेस्सी, स्वारेज र नेयमारलाई विश्राम दिएको थियो ।
एथ्लेटिको मड्रिडले गुइजुएलोलाई ६–० ले पराजित गर्दै प्रिक्वार्टर फाइनलमा स्थान बनायो ।








