अमरिकी अन्तरिक्ष एजेन्सी नासा (नेशनल एकेडमी फर स्पेस एडमिनिस्ट्रेसन) मा अाबद्ध हुने हरेक वैज्ञानिककाे प्रशिक्षण अवधिमा अनिवार्य रूपमा १५ दिनकाे संस्कृतकाे कक्षा लिनैपर्दछ। यसमा खासगरी आर्यभट्ट, वराहमिहिर जसता भारतका विद्वानहरूले प्रतिपादन गरेका वैज्ञानिक सिद्धान्तका साथै मय दानवकाे प्रसिद्ध सूर्य सिद्धान्त पढाइन्छ। सूर्य सिद्धान्तमा अाज भन्दा २ हजार ५ सय वर्ष पहिले सौरमण्डलका सम्बन्धमा प्रतिपादन गरिएका तथ्य र आजकाे वैज्ञानिक तथ्यहरूकाे तुलनात्मक अध्ययन गरिन्छ।
नासाका अतिथि वैज्ञानिक, दिल्लीका डा. ओमप्रकाश पाण्डेयले जोधपुर प्रवासका क्रममा एक अखबारसँग विशेष कुराकानी गर्दै के बताए भने भारतवर्षकाे खगोल विज्ञान अत्यन्त समृद्ध थियाे त्यसलार्इ अब अहिले अाएर वेद र वेदांगका माध्यमबाट पश्चिमा वैज्ञानिकहरू सिकिरहेका छन्र। मय दानवले ५०० बीसीमा सूर्य सिद्धान्तका माध्यमबाट के प्रमाणित गरेका थिए भने पृथ्वी अाफ्नाे कक्षका साथै सूर्यकाे चारैतिर पनि परिक्रमा गर्दछ।
मय दानवले एक वर्षकाे समयावधि ३६५.२४ दिन बताएका थिए। वर्तमान वैज्ञानिक सिद्धान्तका अनुसार यसमा केवल १.४ सैकेण्डकाे मात्रै त्रुटि रहेकाे छ। मय दानवले बुधलगायत सबै ग्रहहरू र पृथ्वीकाे अाफ्नाे अक्षमा झुकेकाे प्रामाणिक जानकारी प्रकाशमा ल्याएका थिए। मय दानवकाे सिद्धान्त आर्यभट्ट र वराहमिहिरद्वारा लेखिएका पुस्तकहरूमा पनि उल्लेख गरिएकाे छ।
मनलार्इ वाईफाईसँग जोड्न लागिपरेका छन् वैज्ञानिक
इसरोसँग अाबद्ध भएका तथा नब्बेकाे दशकमा भारतका प्रधानमन्त्रीका वैज्ञानिक सल्लाहकार रहिसकेका डा. पाण्डेयले के भनेका छन् भने उनी र ब्रिटेनका वैज्ञानिक दाना जौहार दुबै मिलेर मानव चेतनका विषयमा काम गरिरेहका छन्। ऊर्जा वास्तवमा जड पदार्थ हाे। त्यसलार्इ केवल चेतनाद्वारा नियन्त्रण गर्न सकिन्छ। निर्जीव देखिने कुर्सी तथा ढुंगामा पनि चेतना छ। कुनै पनि पदार्थकाे एक सेन्टिमिटर बराबार एक अरबाैँ हिस्सामा परमाणु हुन्छन्।
यस परमाणुकाे दस लाखाैँ हिस्सा नाभिक छन् जसमा प्रोटोन तथा न्युट्राेन हुन्छन्। नाभिकका चारैतिर इलेक्ट्रोन कण ८५००० मिल प्रति सैकेण्डकाे वेगले परिक्रमा गर्दछन्। यस नाभिक तथा इलेक्ट्रोनलार्इ मुक्त गर्नाले ऊर्जा निस्कन्छ।
उनले के भनेका छन् भने यदि तपार्इँ एकाग्र भएर कसैकाे मानसिक तरंगहरूलार्इ समात्नुहुन्छ भने टाढा बसेका दुर्इ व्यक्ति पनि मन मनै परस्पर कुरा गर्न सक्छन्। याे भनेकाे आजकाे वाईफाई सिस्टम जस्तै हाे। वर्तमानकाे वार्इफार्इ मोड्यूलेटर माइक्रोवेभ तरंगहरू सहित अन्य तरंगहरूलार्इ सिग्नलकाे रूपमा ग्रहण गर्दछ भने मनकाे मनसँग सम्पर्क चाहिँ मानसिक तरंगहरूमार्फत हुने गर्छ।
८ हजार वर्ष पहिले ३६० दिनकाे हुन्थ्याे एक वर्ष
डा. पाण्डेयले के भनेका छन् भने वेदहरूका अनुसार आठ हजार वर्ष पहिले पृथ्वी अाफ्नाे अक्षमा २२.१ डिग्री झुकेकाे थियाे (वर्तमान वैज्ञानिकहरूका अनुसार २३.५ डिग्रीमा झुकेकाे छ) त्यसैले त्यसबेला एक वर्ष ३६० दिनकाे हुन्थ्याे। वर्तमानमा सन् ँ२०१६ एडी हाे। सन् ११८०० एडी आउँदा पृथ्वी २४.५ डिग्री झुक्न पुग्छ र त्यतिबेला एक वर्ष बराबर ३६८ हुनेछ।
अब युनिभर्स हाेइन मल्टिभर्स
वैज्ञानिकहरूले खाेज र अन्वेषणका क्रममा अब ब्रह्मण्ड याने युनिभर्स नामकाे अस्तित्व समाप्त भइसकेकाे छ। अन्य कतिपय ब्रह्मण्डहरू भेटिनाले अब यस ब्रह्माण्ड युनिभर्सकाे साटाेमा मल्टिभर्स भन्न थालेका छन्। डा. पाण्डेयले यस सम्बन्धमा थप प्रकाश पार्दै के भनेका छन् भने हाम्रा चारैतिर ९ खरब आकाशगंगा छन्। पृथ्वीकाे आकाशगंगाकाे एक छेउबाट तीन लाख किलोमिटर प्रति सेकेण्डकाे वेगमा यात्रा गरियाे भने एक लाख वर्षमा बल्ल हामी एक आकाशगंगाकाे पल्लाे छेउमा पुग्न सक्छाैँ।
अन्तरिक्ष तथा पृथ्वीका बारेमा थप राेचक तथ्यहरू
– एक आकाशगंगा अर्थात् ब्रह्माण्डका १४ भुजाहरू छन्। एक भुजामा हाम्राे जस्ता २०० देखि ३०० सौरमण्डल छन्।
– सूर्यका चारैतिर ३५७० करोड किलोमिटरकाे परिधि छ र त्यस परिधिमा अाउने हरेक वस्तुलार्इ त्यसले अाफूतिर अाकर्षित गर्दछ।
– हाम्राे पृथ्वी ४.५४ अरब वर्ष पहिले अस्तित्वमा आयाे।
– करिब ३.८ अरब वर्षमा पृथ्वीमा प्रकाश संश्लेषणका माध्यमबाट यहाँ जीवनकाे थालनी भयाे।
– अमरिकी वैज्ञानिकहरूले हालै भारतकाे शिवालिककाे पहाडहरूमा २.५४ वर्ष पुरानाे मानव कंकाल फेला पारे जसले ब्रिटेनका वैज्ञानिक चार्ल्स डार्विनकाे सिद्धान्तलार्इ सरासर गर्दछ।
एजेन्सी








