महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
नेपाली चलचित्र क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सफल नायक दयाहाङ राई आफ्नो पछिल्लो चलचित्र बीर विक्रमको लागि १५ सेप्टेम्बर २०१६ मा अष्ट्रेलिया आउदैछन।त्यस लगत्तै १६ सेप्टेम्बर शुक्रबार सांझ ६ बजे दयाहाङ्ग राई संगै रेड कार्पेट प्रिमियर शो सुरु हुने छ।जर्ज स्ट्रिट,टउन हलको ईभेन्ट सिनेमा मा हुने उक्त सो कार्यक्रममा उल्लेख्य नेपाली दर्शकहरुको सहभीगिता हुने जनाईएको छ। चलचित्र प्रदर्शनमा लागेका गोविन्द भण्डारीले असनेपाल न्युज संग कुरा गर्दै यो चलचित्रलाई दर्शकहरुले औधि मनपारउने विश्वस्त रहेको वताए।भण्डारीका अनुसार १७ सेप्टेम्बरमा ईभेन्ट सिनेमा बरहुड,१८ सेप्टेम्बरमा ईभेन्ट सिनेमा हर्सभिल मा सांझ ६ बजेबाट सुरु हुनेछ। चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र बीर विक्रममा दयाहाङ राई,अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, लगायतको मुख्य भूमिका रहेको छ। ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी,रहेको चलचित्रमा राम कुमार केसीले छायांकन गरेका हुन।चलचित्रलाई यम थापाले लेखेका हुन् भने सो चलचत्रलाई मिलन चाम्सले निर्देशन गरेका छन।








