निशा अर्याल
हाम्रा सर्वप्रिय पौराणिक युगल शिव – पार्वतीको पुनर्मिलनको उपलक्ष्यको कथा र विश्वास हो तीज दुई ओटा महत्वपूर्ण तथ्यले यस चाडलाई महत्व प्रदान गर्दछ । पहिलो शिव – पार्वतीसंग गाँसिएको कथा र अर्को पोल्दो गर्मीमा सिमसिमे पानी पराइले शीतलता दिन्छ र चारै तिर हरियाली नै हरियाली हुँदा रमणीय हुने यो तीजको दिन पानी पर्दा शुभ मान्नुको साथै विशेष किसिमको रमाइलो हुने गर्दछ । मनसून आएपछि जसरी मयुरले आफ्नो पुरै प्वाँख फिजाउँदै नृत्य गरेर खुशी प्रदर्शित गर्दछ त्यसै गरी व्रतालु महिलाहरुले भजन कृतन गर्दै मादलको तालमा निर्त्य गरी एक आपसमा रमाइलो मनाउँदै खुशी हुँदै पति र सन्तानको सु-स्वास्थ, दिर्घायुको कामना गदै त्यो दिन अखण्ड बत्ति बालेर जागराम बसी श्रीशिवपार्वतीको आराधरना गर्दै सदा झैँ मनाउदै आएउने तीज विश्व भरि छरिएर बसेका हिन्दु नारीहरुको मन मस्तिष्क छाइसकेको छ यो वर्षको तीजपनि । तीजको विषयमा कथा छ साउनमा कैयौं बर्ष पछि शिव – पार्वतीको पुनर्मिलन भयो । पार्वतीको १०८ ठौं जन्ममा शिवजीले उनको कठोर तपस्याबाट प्रसन्न भइ उनको अपार भक्ति,त्याग,समर्पणलाई बुझी उनलाई पत्निको रूपमा स्वीकार गरेको कुरा धर्म ग्रन्थमा उल्लेख भएको पाइन्छ । महिला हुनुमा म गर्व गर्दै भन्छु आस्था र विश्वासको यो चार्डले महिलाहरूलाई असिम वल र आनन्द दिने गर्छ । यस दिन रंग – विरंगका राता,हरिया लुगा र गहना, सिन्दुर,पोते,हातभरी चुरा लगाएर बेहुली झैँ नवविवाहितले आफ्नो बिहेमा लगाएको पहिरन अखण्ड सौभाग्यको रुपमा लगाउने गर्छन भने यो दिन बटबृक्षको पूजा गरी काँचो धागो बाधेर पूर्ण जीवनको आराधना गर्छन । यस्का झुण्डिएका हाँगाका कारण यो बृक्ष सौभाग्यशाली मानिन्छ । महिलाहरू बटबृक्ष मुनि सिमसिमे पानीमा मदाल घन्काउदै गाउँछन ,नाच्छन् । त्यस्तै हिजोआज फैसनको रुपमा देखिएको पति या परिवार जनको सुस्वास्थ्थको लागी भनेर पुजा आराधना गर्ने र अर्को तर्फ सामुहिक रूपमा तिनै परिवारजनको गीतको माध्यमले आलोचना गर्ने गरेको बिरोधाभाष चलन पनि भेटिन्छ। सामाजिक कुरितीका कारण नारीले परिवार भित्र झेल्न परेका अल्झन र अफ्टेराहरूलाई गीतका माध्यमले आफ्नो दुःख ,सुख आपसमा पोखी मन बहलाउन र थोरै भएपनि सामाजिक चेतना फैलाउने काम गरेको पनि पाइन्छ । समय प्रबिधी र मानव चेतनाको स्तरमा भएको बिकासले गर्दा पुराना मान्यता र अन्धबिश्वासमा समाजले धेरै फड्को मारी सकेको पाइन्छ । समाजमा रहेको अन्धबिस्बासका पुराना मान्यता र ढर्राका माकुराको झालो शिक्षा र प्रबिधीले बढारी सकेको छ । संसार प्रबिधीले सागुरी एकै कोठामा बनाइरहेको समयमा हाम्रो सामाजिक मान्यता र संकारको पालनामा अब त परिस्कृत तबरले मनाउनु पर्ने समय भइ सकेको छ । दिनभरी भोकै पानी पनि नपिइ गरिने ब्रत स्वास्थ्यको दृष्टीले उपयुक्त के कति छ भन्दापनि पुजा र तपको फल बिना त्याग परिश्रम प्राप्त नहुने यथार्थलाइ पनि भुल्न सकिदैन। बिना परिश्रम र संघर्ष परिक्षामा पास त कोही पनि हुदैन नै । आफ्नो स्वास्थ्य़लाइ संकटमा राखी गरिने यस्तो ब्रत एक कठिन परिक्षा पनि हो जस्तो लाग्छ | पार्वतीको आशीष पाउन महिलाहरू धेरै खालको रीति रिवाजको पालन गर्दै धेरै जसो पहिलो बर्षको विहाहितले आंफ्नो माइती घर गएर यो चार्डलाई मनाउन उत्साहित देखिन्छन भने पुजा आरधना गर्दा आकर्षक तरीकाबाट शिवपार्वतीको प्रतीमा बीचमा राखेर वरपर महिलाहरू भेला भएर देवी पार्वतीको पूजा गर्ने र आशिष माग्दछन |
कर्म गर फलको आसा नगर भन्ने गीताको पवित्र बचनलाइ मनन गरी यो ब्रतको प्रभाव मात्राको आधारमा सोचे अनुसार होला या नहोला तर खराब त पक्कै हुदैन । प्रत्येकमा दुई पाटा हुन्छ भने झै हामीले बर्षो देखी मानिदै आएको यस पर्वमा पनि केही नराम्रा पक्षहरू पनि रहेका छन् । तीजमा केही समय देखी यता गरगहनाको प्रतिस्पर्धा अनियन्त्रिक रूपमा बढी रहेको देखिन्छ। ब्यक्तिगत प्रतिष्ठामा गहनालाइ बढी मात्रामा लिन थालिएकोले हुने खानेको र जिवनको लागी संघर्ष गरीरहेका नारी बीच सामाजिक र आर्थिक अवस्थाको खाडल बढी रहेको प्रसस्तै पाइन्छ। वास्तवमा नारीको गहना उ भित्रको संस्कार हो, शिक्षा र क्षमता हो एक धातुको प्रयोगको क्षमतामा जोडिनु कुनै बैज्ञानिक तर्क शिद्धान्तमा सही मान्न सकिदैन। बरू यसबाट चोरी हत्या लगायतका सामाजिक अपराधको मात्रामा वृद्धि भइरहेको जग जाहेज नै छ। केहि बर्ष यता देखि महिला सम्बन्धित संघ संस्थाहरूले दर खुवाउनेको नाममा महिना पहिला देखि नै संघमा आबद्ध महिला, लब्ध प्रतिष्ठित र मिडियामा आबद्ध महिलाहरूलाई बोलाएर दर खुलाउने चलन शुरू भएकोमा आज आएर केही परिवर्तन भएको देखिन्छ। यसबाट महिला बिच समन्वय बढ्न गइ सामाजिक एकता र बिबिध क्षेत्रमा आबद्ध नारी बीचको सम्बन्धले चेतना बिकासमा केहि न केहि थप योगदान पुगेको मानिनु पर्छ। धर्म जीवनको पद्दती हो भने संस्कार त्यस पद्दतीको एक पाटो हो। एउटै धर्म अबलम्बन गर्नेहरू बिचपनि एकै सामाजिक परम्परा, चलन र संस्कार हुनुपर्छ भन्ने जरूरी छैन। नेपाल भित्रै रहेका पूर्वी इलाम देखी पंश्चिम महाकाली दोधारा चाँदनीका हिन्दु नारी बिच अलग अलग सामाजिक मुल्य र मान्यता चार्ड र ब्रत रहेको पाइन्छन। सुदुर पश्चिममा मानिने डेउडा नाँच अन्य देशको कुनै ठाउँमा मानिदैन पुजा बिधी र कथा प्रायः उहि शिव पार्वतीको हो र बिधी र कथा मध्य नेपालको पहाडी भाग देखी भारतको आधा आधा भाग र बिहार झारखण्ड सम्म मानिने हरितालिका तिजको लगभग उहि छ। संगीत मानव समुदायको अभिन्न अङ्ग हो जन्मदै गर्दाको लरी देखी अन्त्य सम्म यसले महत्व राखेको छ। हिन्दु बेदहरूका ऋचा र उपनिषदका श्लोकहरू पनि लयात्मक रूपमा रहेका पाइन्छन। यसबाट प्रष्ट हुन्छ संगीत आदिम सभ्यता देखी स्वीकारीएको छ र त्यसमा पनि कान्छो बेद भनेर चिनिने सामबेद पुरै संगीतको शास्त्र हो। तीजमा गाइने गीत अन्य सामान्य गीत भन्दा फरक शैली, प्रस्तुती र हाउभाउको पाइन्छ। यसमा आफ्नै हातबाट तालीका माध्यमले मिठो आबाज निकाली भिन्न शैलीमा प्रस्तुत गरिन्छ। प्रबिधि, संचार र यातायातको बिकासले आजको बिश्वलाई साघुराएर एकै कोठामा सिमित राखेको छ। नेपाल र बिश्वका प्रायः सबै देशसगको दौत्य सम्बन्ध स्थापित भइसके पछि नेपालीहरू बिश्वका अन्य देशहरूमा जाने क्रम चल्न थाल्यो। हाल बिश्वका करिबन दुइ सय देशमा नेपालीहरू पुगी सकेका छन। नेपालीहरू जहाँ जहाँ गए उनीहरूसगै उनीहरूले मान्दै आएका परम्परा चालचलन उनीहरू सगै गयो। आफू जहा गए नेपालीहरूले त्यही चार्ड पर्व र परम्परा मान्न थाले। परम्परा रहनसहनसगै भेषभूषा र पर्व सामाग्रीहरूको ब्यापार ब्यवसाय सम्बन्धीत देशहरूमा दिन दिन बढ्दै गईरहेको कुरा नकार्न सकिदैन। यसबाट नेपाली सामानको बिश्व जगतमा परिचय र ब्यापार शुरू भई ब्यापार बिबिधीकरण र नेपालमा बिदेशी मुन्द्रा आर्जन पनि भइरहेको छ। रेमिटेन्सको मात्रामा भएको बृद्धीले बिश्व आर्थिक बजारमा भइरहने लचकता धान्न देशलाई सजिलो भइरहेको छ। नेपालीहरूले मनाउने आफ्नो परम्परागत चार्ड पर्व र रितीरिवाजले बिदेशीहरूमा नेपाली मौलिकताको परिचय पनि बढाउदै गएको छ। नेपालमा परम्परा देखी मानिदै आइरहेका चार्ड हरेक महिना एक न एक परि नै रहन्छ। हामी परम्परा र पर्वमा अन्य जाती भन्दा धनी छौ। यसैको नाउमा हामी समाज बिकासमा पछि पर्यौ या गरिवीको कारण यो यिनै चार्ड पर्व बन्यो या आदी अनुसन्धानका बिषय हुन। बिकसित देशका मानिसहरू समयलाई महत्वपूर्ण रूपमा लिन्छन। स-साना बिषय कुरामा अलमलिएर समय बर्बाद गर्दैनन। हामी परम्परा र चार्ड पर्वको नाउमा धेरै दिन समय खर्च गर्छौ। बिकसित देशमा चाडपर्वको नाउमा धेरैमा हप्ता दिन सरकारी बिदा हुन्छ। नेपालमा झण्डै बर्षको एक तिहाइ दिन समय सरकारी बिदा हुन्छ, यो सोच्नु पर्ने बिषय हो। बिश्व मानव जगतमा नेपाल मात्र एक यस्तो देश हो जहा चार्ड पर्व अबिछिन्न छन। धर्म सस्कृतीले मानव समाजलाई एक शुत्रधारमा बाध्दछ जसबाट समाज नियमित रूपमा सभ्य समाजमा रूपान्तरित भइरहन्छ।
नयाँ बर्षको शुरूबात संगै हिन्दु संस्कृति अन्तर्गत पर्वहरूको थालनी हुँदै आएको केहि चार्डलाई हामीले एक बर्षको लागी बिदा गर्छौ भने केही मनाउन गइरहेका हुन्छौ। बिबाहको श्रृगारको पर्व हुनाले यो पर्वमा नारीहरू बढी श्रृङ्गारिन्छन । मानिस देखासिकीले अनुसरण गर्ने हुनाले होला हुने खानेले गहना र महगा बस्त्रको प्रतिस्पर्धाको बिकृतीको चलन बढ्नाले यसबाट स्वदेशको मुन्द्रा बिदेश गई बिदेशी मुन्द्रा संचितीमा ह्रास हुने भएकोले परम्परा मान्नको लागी यस्तो प्रतिस्पर्धाले नराम्रो अवस्था आउने कुरामा दुइमत नहोला। यस्तो नराम्रो चलनलाइ हामी जस्ता शिक्षित वर्गले राम्रो सकरात्मक रूपमा लैजानु पर्दछ र पर्व खर्चिलो नभै सरलीकृत बनाइ साधारण जन जीवन जिउनेका लागिपनि यो चार्ड सबैका साथ मनाउन सक्ने वातावारणको सिर्जना गर्न सक्नु हाम्रै दायित्व हो भन्ने मलाई लाग्छ । नेपाली नारी जहा हुन्छन त्यहा नारी पर्वको रूपमा मानिने तीजलाइ धुमधाम रूपमा मनाईने गरिन्छ। बिभिन्न क्षेत्र र स्थानमा छरिएर काममा ब्यस्त नारीहरू एकै ठाउँमा जम्मा भई संगी साथीको मित्रता बढाउने र मनमा रहेका पिर ब्यथा र मर्मलाइ संगितको माध्यमबाट ब्यक्त गर्ने गरिन्छ त्यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास इजरायल शाखाकी अध्यक्ष आफ्नो कठिन समय वावजुदपनि कियर गिभरको कर्तब्य निर्वाह गरि मुस्किलले पाएको समयलाई सदुपयोग गर्दै मिजासिली सँगी भगवती बस्नेतको यो बर्ष पनि अर्को साल कहाँ हौली भन्ने बोलको तीज गीतले मन छुने एल्वम मार्केटमा गुन्जिरहेको छ | चार्डपर्व संगै यसमा लगाइने बस्त्र भूषणको सिजनल ब्यापार पनि हुने गर्छ जसले नेपालको ब्यापारमा बिबिधीकरण हुन्छ। यो पर्व सगै मानिने ऋषीपंचमीमा प्रत्यक्ष र परोक्ष्य रूपमा नारीलाइ चेतना र कसरी सुयोग्य नारी भइ घर परिवार र आफन्तमा राम्रो सम्बन्ध राख्न सकिन्छ भन्ने शिक्षा दिइन्छ। कथा सुन्ने सुनाउने चलनले अध्ययनको बानी रहने कुराले नारी जिज्ञासु हुने कुरा निर्बाद छ। ऋषीमुनी जो समाजको गुरू वा मार्ग दर्शकको रूपमा लिईन्छ उनीहरूको पुजा बा आदरले ज्ञानको सम्मान हुन्छ। कामको शिलशिलामा आफ्नो देश नेपाललाइ छाडेर बाहिरिएका महिलाहरूले कर्म क्षेत्र अन्य देश बनाइरहेको अवस्थामा नेपाली परम्परा र संस्कृतीको जगेर्ना गर्न अझ बढी उत्साही रहेको पाइन्छ। बिश्वका बिभिन्न देशहरूमा छरलिएका नेपाली नारीले धुमधामले तीज मनाएको देख्न र सुन्न पाइन्छ। उपलब्ध श्रोत र साधनलाइ उपय़ोग गरी पुजा आजामा लीन भइ तीजको नाचगान इजरायलमा रहेका हिन्दु नेपाली नारीले मनाउन लागेको इतिहास उस्तै पुरानो भइसकेतापनि हरेक वर्ष ताजा भएर आउछ। यसबाट पूर्व मेची देखी पंश्चिम महाकली सम्मका नेपाली नारीको सामाजिक एकता र राष्ट्र प्रेममा बल पुगेको हामीले महसुस गर्न सक्छौ। नेपाल बाहिर रहनु भएका र नेपाल मै रहनु भएका तमाम नेपाली साहित्य मनहरु तथा दिदीबहिनी लगायत आफन्त र साथीहरूमा यस हरितालिका तीज २०७३ को अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास इजरायल शाखाको सम्पूर्ण कार्यसमितिको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । धन्यबाद।
निशा अर्याल महासचिव अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास इजरायल













