काठमाडौँ। दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर उपत्यका लगायतका विभिन्न स्थानमा गाईजात्रा’ पर्व मनाइएको छ ।
आज भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरिन्छ ।
यसैवर्ष दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसो गरेमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास छ ।
यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा मल्लकालदेखि आजका दिन उपत्यकालगायत देशका विभिन्न भागमा यो पर्व मनाउन थालिएको हो ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई शान्त्वना दिन राजा प्रताप मल्लले दुनियाँले पनि यस्तै शोक बेहोरेका छन् भन्ने देखाउन “जनतालाई आ–आफ्ना परिबारमा मरेका व्यक्तिका संझनामा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले त्यसैबेलादेखि यो पर्व मनाउन थालिएको इतिहासमा उल्लेख छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म जारी छ । उपत्यकाका हनुमानढोका, भक्तपुर र पाटन दरबार आसपास गाईजात्रामा सहभागीलाई परिक्रमा गराइन्छ । देशका विभिन्न भागमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता देखिन्छ ।
यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छन् ।
राजनीतिक तथा प्रशासनिक क्षेत्रका विकृति र विसङ्गतिलाई व्यङ्ग्य गर्ने उत्सवका रुपमा पनि गाईजात्रालाई हास्य कलाकारले उपयोग गर्दै आएका छन् ।
यसैक्रममा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम गर्ने र पत्रपत्रिकामा पनि हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा र पाल्पालगायतका सहरमा पनि मनाइएका छन् ।


![x'gdfg 9f]sfdf ufO{hfqf jif{ lbge/df :yfgLo 3/df d/]sf dflg;sf] :d/0fdf k|To]s jif{ hg}k"l0f{dfsf] ef]lnkN6 ;'? x'g] ufO{hfqf . d/]sf dflg;sf cfkmGtn] d[tfTdfsf] lr/zflGtsf] sfdgf ub}{ ;DalGwt 3/af6 ufO{sf ;fy} ;;fgf afnsnfO{ ljleGg¿kdf z[ªuf/ u/L :yfgLo 6f]n tyf gu/df kl/qmdf u/fOG5 . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/08/1471590990598_PRO_KTM_190816_0171-300x200.jpg)






