धुर्मुस–सुन्तली फाउन्डेसनलाई ताइवानबाट सहयोग

20160730_131559साउन १८ । काठमाडौँ, भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को संस्थालाई ताइवानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

‘नेपाल ताइवान एसोसिएसन’ नाम उक्त संस्थाले हालै गिरान्चौरको बस्ती निर्माणस्थल पुगी कलाकारद्वयको संस्था ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई रकम हस्तान्तरण गरेको हो ।

टोलीमा एसोसिएसनका अध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष राजन श्रेष्ठ तथा सदस्यहरु शङ्कर महर्जन, सुरेन्द्र नेपालीसहित यहाँ रहेका केही सहयोगी थिए । उनीहरुले ताइवानवासी नेपालीका तर्पmबाट पठाइएको रु तीन लाख पाँच हजार कलाकारद्वयलाई प्रदान गरेका थिए ।

भूकम्पपीडित विद्यार्थीका लागि काभ्रेपलाञ्चोकमा विद्यालय निर्माणकै लागि भनेर ताइवानबाट सो टोली नेपाल आएको हो ।

एसोसिएसनका अध्यक्ष गुरुङले भने, “हामीले बस्ती निर्माणको सहयोगका लागि रकम सङ्कलन गरिसकेको भए पनि धुर्मुसले रकम लिनै मान्नु भएको थिएन, तर पहिले नै कुरा भइसकेकाले हामीले अनुरोध गरेपछि रकम बुभ्mनुभयो ।”

सम्बन्धित शिर्षकहरु