काठमाडौँ । प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।
यसबाहेक बैठकमा नयाँ सरकारको निर्वाचनमा पनि मधेस केन्द्रित दलले सघाउने र त्यसबीचमा मधेस मुद्दा समाधान गर्न समझदारी गर्ने निर्णय भएको बैठकमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
उनले भने, “नयाँ सत्ता गठबन्धनका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिको एक नम्बर बुँदामा संविधानप्रति असन्तुष्ट मधेस केन्द्रितलगायत अन्य दलसँग वार्ता गरी समस्या समाधान गर्ने उल्लेख छ ।”
बिहीबार प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेका सहमतिको प्याकेजका सम्बन्धमा प्रधानमन्त्री ओली सहमत नदेखिएको भन्दै बैठक अविश्वासको प्रस्ताव अघि बढाउनेमा निर्णयमा पुगेको हो ।
बैठकमा तीनै पक्षबीच अविश्वासको प्रस्ताव अघि बढाउने सम्बन्धमा सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने नयाँ सरकारका बारेमा समेत शीर्ष नेताबीच छलफल भएको उनहाँले बताए।
बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल, नेताहरु बिमलेन्द्र निधि र चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा थिए । यस्तै मधेशकेन्द्रित दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, हृदयेश त्रिपाठी, राजकिशोर यादवलगायत सहभागी थिए ।


![g]sf, s]Gb| / dw];L bnsf] a}7s g]kfnL sfFu|];, g]skf -dfcf]jfbL_ s]Gb| / dw]; s]Gb|Lt bnsf zLif{ g]tfx?sf] a}7s z'qmaf/ l;+xb/af/df a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1469172906453_RoS_KTM_160722_IMG_4634-300x200.jpg)






