‘मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी’

Messi-goalएजेन्सी, चिल्ली तथा बार्यन म्युनिखका मिडफिल्डर भिडालले मेस्सी विश्वभरकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । कोपा अमेरिका कपको क्वाटरफाइनलमा मेक्सिकोलाई ७–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । सेमिफाइनलमा  चिल्ली कोलम्बियासँग भिड्दैछ ।

उनले भनेका छन्,‘चिल्लीलाई कोपा अमेरिका कपमा डर छ त अर्जेन्टिनाको । मुख्य खेलाडी मेस्सीको । उनलाई रोक्न एकदमै गाह्रो रहेको छ ।’

उनले मेस्सीको बयान गर्दै भनेका छन्,‘लिग चरणमा मेस्सी बेगर पनि अर्जेन्टिनाले हामीलाई हराएको थियो । तर मेस्सी खेलमा हुदाँ जुन दबाब अरु खेलाडीहरुमा पर्छ त्यसको अनुमान धेरै खेलाडीहरुले गर्छन् । खेल मैदानको मौसम नै अर्कै हुन्छ ।’

मेक्सिको विरुद्धको खेलमा पहेलो कार्ड खाएका भिडालले सेमिफाइनलको खेल भने खेल्न नपाउने भएका छने । उनले यो ठुलो अवसर गुमाएको बताएका छन् ।

एकपटक फेरि अर्जेन्टिनासँग फाइनलमा भिड्ने लक्ष्य हाम्रो रहेको छ । फाइनलमा यी दुई टिमबिच खेल भएमा झनै रोमान्चक हुने उनले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु