गणेश थापाको १ लाख डलर काण्ड संसदीय समितिमा

साउन ४, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले १ लाख डलर लिएको सम्बन्धमा छानबिन गर्न व्यवस्थापिका संसदको लेखा समितिले युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।

कतारी नागरिक तथा एसियन फूटबल महासंघका अध्यक्ष मोहम्मद बिन हमामलाई फिफाको निर्वाचनमा मत दिने भन्दै थापाले १ लाख डलर लिएको अन्तरास्ट्रिय संचार माध्यमहरुले केहि अगाडी खुलाशा गरेका थिए । नेपाली कांग्रेसका धनराज गुरुङ, बालकृष्ण खाँड, रामहरि खतिवडा, उषा गुरुङ, नेकपा एमालेका भानुभक्त ढकाल, एनेकपा माओवादीका टोपबहादुर रायमाझीलगायतका सांसदले थापाले मुलुकको इज्जत्मथी नै खेलबाड गरेको भन्दै थापाको आलोचना गरेका थिए ।

यसका साथ साथै एन्फाको बिगत ५ बर्षको लेखा परिक्षण प्रतिबेदन र अन्य आर्थिक विवरणहरु तत्काल समिति समक्ष पेश गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

हमामले फिफाको निर्वाचनमा आफुलाई जिताउन विभिन्न फूटबल समितिहरुलाई रकम बाँडेको तथ्य बाहिर आउदा  गणेश थापाको नाम पनि मुछिएको थियो। हमामले थापा का छोराको नाममा १ लाख अमेरिकी डलर पठाएका थिए। एन्फा उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा केन्द्रीय सदस्य  पंकजबिक्रम नेम्वाङले एन्फामा करोडौं रुपियाँको घोटाला भएकाले छानविन गरी कारवाही गर्न माग गर्दै समितिमा उजुरी गरेका थिए।

सम्बन्धित शिर्षकहरु