जेठ ३२ । काठमाडौं, इटलीले आफ्नो कडा प्रतिष्पर्धी बेल्जियमलाई सोमबार मध्यराती भएको खेलमा २–० ले हराएको छ ।
फ्रान्समा जारी युरोकपको समुहचरणको खेल अन्तर्गत इटलीले विजयी शुरुआत गरेको हो । पहिलो हापको ३२ औं मिनेटमा ग्रिचरिनिको गोलबाट अग्रता लिएको इटलीलाई अतिरिक्त समयमा पेलेले १ गोल थपेपछि २–० को जित हात लागेको हो ।
पछिल्लो समय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा कमजोर प्रदर्शन गरिरहेको इटलीले बलियो टोलीका रुपमा मानिएको बेल्जियमलाई पराजित गरेको हो ।
यि दुबै टोली समुह ‘इ’ मा रहेका छन् भने ४ खेलमध्य दुबै टोलीले समान १÷१ खेल खेलेका छन् । समान खेल खेल खेलेका आयरल्याण्ड र स्विडेनले १/१ गोलको बराबरी खेलेर अंक बाडेका थिए । समान खेलबाट इटली ३ अंकका साथ समुहको शिर्ष स्थानमा छ भने बेल्जियममात्रै अंक रहित अवस्थामा छ ।








