सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्य : नेत्री सुजाता

hqdefaultजेठ २६। मोरङ, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताएकी छन्।

मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताइन। सरकार परिवर्तनको खेलमा लागे त्यो देश र जनताका लागि दुर्भाग्य हुने उनको कथन थियो । सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने उनको भनाइ थियो ।

उनले भनिन् “अब सबै दल मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ ।” अन्य मुलुकमा सरकार पूरै अवधि टिक्ने गरेकै कारण विकास भएको उनको तर्क थियो । उनले काँग्रेस अब सरकारमा नगई बलियो प्रतिपक्षकै भूमिकामा बस्नुपर्ने बताइन । “संसदीय शासन प्रणालीमा बलियो प्रतिपक्ष आवश्यक पर्छ,” कोइरालाले भनिन्, “त्यो भूमिका काँग्रेसले निर्वाह गर्छ ।”

स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले आरोप लगाइन । “सरकारले काम गर्न सकेन भनेर ढाल्नेतिर लाग्नु हुँदैन,” उनले भनिन्, “प्रतिपक्ष दलले जहिले पनि सरकारका कमीकमजोरीलाई जनताबीच लिएर जानुपर्छ ।

सम्बन्धित शिर्षकहरु