अस्ट्रेलिया । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च ओएनएफ अस्ट्रेलियाको अध्यक्षमा रमेश पाण्डे निर्वाचित भएका छन् ।
यही मे ७ र ८ चौथो अधिवेसनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सिड्नीको हन्सीवीमा दुई दिनसम्म चलेको अधिवेशनले बरिष्ठ उपाध्यक्ष राजनकुमार बस्नेत, उपाध्यक्षहरुमा केशव जोशी, रमेश पौडेल र राम रानाभाट निर्वाचित गरेको छ । यस्तै अघिवेशनले महासचिवमा माधव शाह, सचिवमा अच्युत थपलिया र कोषाध्यक्षमा राम घिमिरे चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा हरि लामिछाने, सिके भुसाल, महेन्द्र कार्की, राजु उपाध्याय, सन्तोष दाहाल, प्रकाश पन्थी, भुवन पाण्डे, चतुर्भुज खरेल, दीपक पहाडी, रमेश थापा,
हरेरामचन्द्र राउत, पूर्ण लामिछाने, गोमा मैनाली, चिन नेपाली, मधु पन्थी, दिनेश पाण्डे, राजकुमार केसी, बाबुराम पोखरेल, दीपक भट्टराई, सविता लामा, प्रकाश सेढाई चयन गरेको अध्यक्ष पाण्डेले असनेपालन्युजलाई जानकारी दिए ।
अधिवेसनको उद्घाटन एमालेकी प्रवास ईन्चार्ज विन्दा पाण्डेले गरेकी थिइन ।
सिड्नीका हाँस्य कलाकार भुपेन्द्र चुडालको प्रस्तुतिले मनोरञ्जन प्रधान गरेको कार्यक्रममा प्रमुख अतिथी
पाण्डेले नवा निर्वा्चित पदाधिकारीहरुलाई मञ्चको विधानअनुसार शपथ ग्रहण गराएकी थिइन । अधिवेशनमा एमाले महासचिव ईश्वर पोखरेल आउने चर्चा भए पनि मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण अन्तिम समयमा उनको भ्रमण पार्टीले रद्द गरेको थियो । एमालेको २७ बढी देशमा प्रवासी नेपाली मञ्च गठन भइसकेको छ ।









