प्रवासी मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे

अस्ट्रेलिया । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च ओएनएफ अस्ट्रेलियाको अध्यक्षमा रमेश पाण्डे निर्वाचित भएका छन् ।

13124837_993089370746931_7270347360138637900_nयही मे ७ र ८ चौथो अधिवेसनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सिड्नीको हन्सीवीमा दुई दिनसम्म चलेको अधिवेशनले  बरिष्ठ उपाध्यक्ष राजनकुमार बस्नेत, उपाध्यक्षहरुमा केशव जोशी, रमेश पौडेल र राम रानाभाट निर्वाचित गरेको छ । यस्तै अघिवेशनले महासचिवमा माधव शाह, सचिवमा अच्युत थपलिया र कोषाध्यक्षमा राम घिमिरे चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा हरि लामिछाने, सिके भुसाल, महेन्द्र कार्की, राजु उपाध्याय, सन्तोष दाहाल, प्रकाश पन्थी, भुवन पाण्डे, चतुर्भुज खरेल, दीपक पहाडी, रमेश थापा, 13177119_993125147410020_4751283963449188592_nहरेरामचन्द्र राउत, पूर्ण लामिछाने, गोमा मैनाली, चिन नेपाली, मधु पन्थी, दिनेश पाण्डे, राजकुमार केसी, बाबुराम पोखरेल, दीपक भट्टराई, सविता लामा, प्रकाश सेढाई चयन गरेको अध्यक्ष पाण्डेले असनेपालन्युजलाई जानकारी दिए ।

अधिवेसनको उद्घाटन एमालेकी प्रवास ईन्चार्ज विन्दा पाण्डेले गरेकी थिइन ।

सिड्नीका हाँस्य कलाकार भुपेन्द्र चुडालको प्रस्तुतिले मनोरञ्जन प्रधान गरेको कार्यक्रममा प्रमुख अतिथी 13177599_993089340746934_4075187309327376156_nपाण्डेले नवा निर्वा्चित पदाधिकारीहरुलाई मञ्चको विधानअनुसार शपथ ग्रहण गराएकी थिइन । अधिवेशनमा एमाले महासचिव ईश्वर पोखरेल आउने चर्चा भए पनि मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण अन्तिम समयमा उनको भ्रमण पार्टीले रद्द गरेको थियो । एमालेको २७ बढी देशमा प्रवासी नेपाली मञ्च गठन भइसकेको छ ।

 

 

13177708_993089357413599_2763033125124459911_n

सम्बन्धित शिर्षकहरु